×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : सप्तरीमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

PRIME CA

कोरोना अपडेट : सप्तरीमा थप १० जनामा कोरोना संक्रमण पुष्टी

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
राजविराज । सप्तरीमा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बोदे बर्साइन नगरपालिका-५ की ४० वर्षीया महिला र उनका ५ वर्षीय छोरा तथा वडा नम्बर १० का ३८ वर्षीय पुरुष र उनका ५ वर्षीय छोरामा संक्रमण पुष्टि भएको बोदे बर्साइन नगरपालिका स्वास्थ्य संयोजक बैद्यनाथ साहले बताए ।
यसैगरी बोदे बर्साइन नगरपालिका वडा नम्बर १ र ६ का ३६ र ३८ वर्षीय तथा वडा नम्बर ५ र ६ का क्रमशः ४२ र २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको साहले बताए । यसैगरी खडक नगरपालिका-५ का १८ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया अधिकृत नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
संक्रमितहरु सबैजना भारतको दिल्ली, चण्डीगढ, महाराष्ट्र, हरियाणाबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ । जसमा ९ जना महिला छन् । सप्तरीको बोदे बर्साइन नगरपालिकामा ३२, हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा २७-२७, 
छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिकामा १३, राजविराज र डाकनेश्वरी नगरपालिकामा १२-१२, खडक नगरपालिकामा ३, कञ्चनरुप नगरपालिकामा २, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत र महादेवा गाउँपालिकामा १-१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: