×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीको एउटै स्थानीय तहमा थपिए १६ कोरोना संक्रमित, जिल्लामा संक्रमित संख्या ९३ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सप्तरीको एउटै स्थानीय तहमा थपिए १६ कोरोना संक्रमित, जिल्लामा संक्रमित संख्या ९३ पुग्यो

Artha Sarokar

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

BREAKING : विभिन्न जिल्लाका थप २१३ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ३४४८ पुग्यो !
  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये एक जना ३५ वर्षीया महिलासमेत छिन् । संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए । संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । १६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी