- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा दुई समूहबीच झडप भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । उक्त झडप नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले बताए । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो ।
दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाईएको छ । अहिले स्थिति सामान्य भएको प्रवक्ता भारतीले जानकारी दिए ।