
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । मिर्गौला रोगी एक बालकले कोरोना जितेका छन् । सप्तरी राजविराज नगरपालिका-१३ पिपराहीका १४ वर्षिय उनी कोरोना जितेर घर फर्किएका हुन् । उनी १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ डिस्चार्ज भएका हुन् ।
भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा संक्रमित भएका थिए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको रिपोर्ट नेगेटिभ देखिएपछि उपचारपछि डिस्चार्ज गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए । बालक र आमालाई राजविराजस्थित क्वारेन्टिनमा बसेको १४ दिनपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको थियो । दुवैको शुक्रबार पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएन । शनिबार उनीसहित १४ जनालाई डिस्चार्ज गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्