- अर्थ सरोकार सम्बाददाता
बुटवल । सरकारले खटाएको स्वास्थ्य केन्द्रमा काम गर्न नगएकी एक चिकित्सकलाई सात दिनभित्र जवाफ सहित उपस्थित हुन प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको अल्टिमेटम दिएको छ ।
मेडिकल अधिकृत डा. सीमा शर्मालाई रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएकोमा बिना जानकारी दुई महिनासम्म काममा नगएको सूचना पाएपछि मन्त्रालयले ७ दिनभित्र जवाफसहित उपस्थित हुन अल्टिमेटम दिएको हो ।
कोरोना महामारीको संकटको घडीमा यसको रोकथाम, नियन्त्रण र उपचारमा थप जिम्मेवार भएर खटिनुपर्नेमा डा. शर्मा चैत १८ गतेदेखि हालसम्म विना जानकारी अनुपस्थित भएको मन्त्रालयले जनाएको छ ।
सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ को दफा २० को उपदफा (५) वमोजिम डा. शर्मासंग गरिएको करार सम्झौता रद्द गर्न स्वास्थ्य सेवा विभाग पठाउने व्यहोरा मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको पत्रमा उल्लेल गरिएको छ ।
निर्देशिका वमोजिक कारवाही गर्नु नपर्ने भए कारणसहित सात दिनभित्र सम्बन्धित निकायमा उपस्थित हुन मन्त्रालयले डा. शर्मालाई आग्रह गरेको छ । उक्त मितिमा उपस्थित नभए निर्देशिका र अन्य प्रचलित कानून अनुसार कारवाही गरिने मन्त्रालयको पत्रमा जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयले यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा कार्यररत पाँचजना चिकित्सकलाई पनि कोरोना महामारीका बेला काममा नआएको भन्दै सेवाबाट बर्खास्त गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्