
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सुनचाँदी चोर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको सरकारीधारास्थित नोर सुनचाँदी पसलबाट करिब २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको गरगहना चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं गोंगबु बस्ने कास्की पोखरा महानगरपालिका १० अमरसिंङ चोक ठेगाना भएका मिलन तामाङ, काठमाडौं ठमेल बस्नेहरु नुवकोट तार्केश्वर गाउँपालिका ४ ठेगाना भएका ३१ वर्षीय प्रेम तामाङ र भारत मोतिहारीका २५ वर्षीय ऋषिमुनि कुमार रहेका छन् ।
लकडाउनको मौका छोपी रातको समयमा हुने चोरीको घटनाहरुको अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उक्त पसलमा गत बैशाख ६ गते रातिको समयमा चोरी भएको घटनामा संलग्न उनीहरुलाई चोरी गरी लगेका विभिन्न धनमाल सहित पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्