Skip to content
LAXMI SUNRISE BANK

सरकारी कार्यालयमा घुस लिनेहरुको बिगबिगी, सर्लाहीबाट लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीको हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाल घुस रकमसहित पक्राउ गरेको छ । आयोगले लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई पक्राउ गरेको हो । उनीहरुलाई चार हजार रुपैयाँसहित आयोगले पक्राउ गरेको हो ।
विज्ञान प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा अख्तियार टोलि त्यहाँ पुगेको थियो । सिंह र यादवके सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनीहरुलाई कार्यालय भवनभित्रैबाट पक्राउ गरिएको र अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK