सर्लाही । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा सर्लाही हरिवन नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ । सबै वडामार्फत् नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको नगर प्रमुख गणेश प्रसार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण भत्ता वितरणमा समस्या भएको थियो, हामीले कोरोनाबाट बच्ने विधि अपनाएर घर घरमा नै भत्ता दिन शुरु गरेका छौँ ।”
लकडाउनका कारण घरखर्च चलाउन समेत आइपरेको समस्यालाई अन्त्य गर्न घर घरमै पुगेर भत्ता वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाअन्तर्गतका सबै वडाका वडाध्यक्ष आफ्ना सहयोगी र बैंकका कर्मचारीलाई साथमा लिएर नागरिकको घर घरमा पुगेर भत्ता वितरण शुरु गरेको नगर प्रमुख प्रसाईंले जानकारी दिनुभयो । भत्ता पाएपछि सेवाग्राही खुशी छन् ।
नगरभित्र दलित बालबालिका सुरक्षा भत्ता र बालपोषण अनुदान भत्ता लिनेसहित सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकको सङ्ख्या ६ हजार ८२८ रहेको हरिवन नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । हरिवन नगरपालिकामा ११ वटा वडा रहेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्