
- अर्थ सरोकार सम्बाददाता
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाको क्वारेन्टाइनबाट भागेका पाँच जना कोरोना संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि उनीहरुलाई सदरमुकाम मलंगवा लगिएको प्रहरीले जनाएको छ । विष्णु गाउँपालिकाका ३४ जनामा सोमबार कोरोना पुष्टि भएको थियो । विष्णु गाउँपालिका–३, स्थित मधुवनगोठ स्वास्थ्य चौकीबाट गाउँपालिकाकै बत्रौल स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा लाने क्रममा सोमबार राति नौ बजे पाँच जना संक्रमित फरार भएका थिए ।
एम्बुलेन्समा हालेर आइसोलेसनमा लैजाने तयारी गर्दै गर्दा उनीहरु फरार भएका थिए । फरारमध्ये एक जना संक्रमितलाई प्रहरीले तत्कालै पक्राउ गरेपनि अरु पाँच जना भने भागेका थिए । पछि खोजी गरेर उनीहरुलाई राति नै पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। ‘मंगलबार बिहान उनीहरुलाई मलंगवास्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजको आइसोलेसनमा ल्याएका छौं’ एसपी पोखरेलले भने । नेपाल भारत सीमा क्षेत्रको एकान्त ठाउँमा लुकेर बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्