
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । गभर्नर महाप्रसाद अधिकारीले ५ जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । कार्यकारी निर्देशकहरु भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापाको सरुवा भएको हो ।
राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षण विभागमा रहेका भुवन कँडेललाई भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिइएको छ भने भुक्तानी प्रणाली विभागको जिम्मेवारीमा रहेका रेवती नेपाललाई भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
यस्तै विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागको जिम्मेवारी दिइएको छ । थापा मुद्रा व्यवस्थापन विभागमा थिए । वित्त कम्पनी सुपरीवेक्षणमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा पठाइएको छ भने जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षणमा पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्