×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउदीबाट १५४ नेपाली बोकेर काठमाडौँ आइपुग्यो निगमको विमान, अरु कुन-कुन देशबाट कति जना आउँदैछन् ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

साउदीबाट १५४ नेपाली बोकेर काठमाडौँ आइपुग्यो निगमको विमान, अरु कुन-कुन देशबाट कति जना आउँदैछन् ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले आज साउदीमा अलपत्र परेका १५४ जना नेपालीहरुको उद्दार गरेको छ ।  नेपाल एयरलायन्सको चार्टर जहाजमार्फत् साउदीको दमामबाट १५४ जना नेपाली बुधबार स्वदेश आइपुगेका छन् । 
बुधबारै अन्य पाँच देशबाट नेपालीहरू नेपाल आउँदैछन् । आज कुवेतबाट १५५ जना आउने सम्भावना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । कुवेतबाट  उनीहरू हिमालयन एयरलान्सको चार्टर फ्लाइटबाट स्वदेश फर्कन लागेका हुन् ।  
यस्तै हिमालयन एयर मार्फत् नै अबुदावीबाट १४९ जना स्वदेश फर्कंदैछन् । साउदी अरबकै जेद्दाबाट २५५ जना आउँदै छन् भने टर्किस एयरलायन्समार्फत् २८२ जना नेपाली इस्तानबुलबाट स्वदेश फर्कंदैछन् । पछिल्लो समय नेपाल सकारले विभिन्न मुलुकबाट नेपालीहरुको उद्दार गरिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: