
- अर्थ सरोकार सम्बाददाता
साउदी अरेबिया । साउदी अरेबियामा कोभिड १९ भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । अहिलेसम्म यस भाइरसबाट १ लाख १ हजार ९ सय १४ संक्रमित भएका छन् । संक्रमितमध्ये ७२ हजार ८ सय ७ निको भएका छन् भने ७ सय १२ जनाको मृत्यु भएको छ । संक्रमणको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुन अवस्था हेरी विभिन्न शहरमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु समयभन्दा बाहिर घरबाट निस्कंदा भाइरसबाट बच्न गरिनुपर्ने आवश्यक क्रियाकलाप नगर्ने र नियमविपरीत जानेलाई एक हजारदेखि पचास हजार साउदी रियलसम्मको जरिवाना हुने जानकारी गराएको छ।
साथै सरकारले कोरोना भाइरस नियन्त्रणका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । निको हुनेको संख्यामा उल्लेख्यनीय सुधार रहेको छ जसको लागि सरकारले हवाई यातायात, सरकारी बस, ट्याक्सी, होटल, रेस्टुरेन्ट, मस्जिद, रेलवे, सिनेमा हल, विद्यालय, सरकारी कार्यालय, सपिङ मल, आदी पूर्ण रुपमा बन्द गरेको थियो भने गएको साताबाट भाइरस सम्बन्धी जानकारी मुलक सुचना र गरिनुपर्ने क्रियाकलापलाई मध्यनजर राख्दै आन्तरिक हवाई यातायातसमेत सुचारु गरेको छ । स्कुल, सिनेमा घर , कलेज , शैलुन आदी पूर्ण रुपमा बन्द रहेका छन् । यस भाइरसको लक्षण देखिएकाका लागि स्वास्थ्य जाँचको ३१ फिभर क्लिनिकसमेत खोलिएको छ ।
यस भाइरसको प्रभावले स्वदेश फिर्ताका लागि अलपत्र परेका नेपालीका लागि नेपाली दुतावासले अनलाईन फारम तथा टेलिफोन सम्पर्कद्वारा डाटा संकलन कार्य जारी राखेको छ । हालसम्म १४ हजारभन्दा बढीले सो फारम भरेका छन् भने यसमध्ये ११ हजारभन्दा बढीले नेपाल जाने चाहना राखेका छन् ।
दुतावासका अनुसार स्वदेश फिर्ताका लागि आममाफी पाएर बसेका कामदार, महिला, छुट्टीको तयारीमा रहेका, फाईनल जानको तयारीमा, बिरामी परेका, आदि मानिस सरकारको तयारी कुर्दै छन् । दुतावासले हवाई यातायात सुचारु मितिको लागि नेपाल सरकारको निर्देशनको प्रतिक्षामा रहेको जनाएको छ । सरकारको ढिलासुस्तीको कारण विदेशमा नै मर्नु पर्ने हो कि भन्ने शंका अलपत्र नेपालीलाई परेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्