
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसका कारण साउदीमा अलपत्र परेका नेपाली काठमाडौँ आइपुगेका छन् । सरकारले साउदीमा रहेका १५३ जना नेपालीलाई उद्दार गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार उनीहरू हिमालय एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको हुन् । उक्त विमानबाट एक नेपालीको शव पनि ल्याइएको थियो ।
साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एयरलान्सले दोस्रो चार्टर्ड उडान भोलि शनिबार पनि गर्ने प्रवक्ता क्षेत्रीले जानकारी दिए । भोलि आउने उडानमार्फत २२६ जना प्राथमिकतामा परेका छन् ।
यस्तै साउदीको रियादबाट नेपाल एयरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्दैछ । उक्त उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्