×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अख्तियारको फन्दामा लेखापढी व्यवसायी, सवारी पास बनाइदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिएको आरोप !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अख्तियारको फन्दामा लेखापढी व्यवसायी, सवारी पास बनाइदिने भन्दै सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुस लिएको आरोप !

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लेखापढी व्यवसायी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खेमराज सापकोटा छन् ।
टोलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सवारी पास बनाइदिने भन्दै घुस लिने एक जना लेखापढी व्यवसायीलाई मंगलबार पक्राउ परेका गरेको हो । उनले सवारी पास बनाइदिने भन्दै सेवाग्राहीबाट ३ हजार रुपैयाँ घुस लिएका थिए ।
अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार सापकोटालाई घुससहित जिल्ला प्रशासन कार्यालय काठमाडौंको नजिकको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिईएको हो । र थप अनुसन्धान भैरहेको गरिरहेको कोइरालाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी