×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुल्न थाले विद्यालय, १६ तस्विरमा हेनुहोस् बालबालिकाहरुले यसरी गर्दैछन् सामाजिक दूरी पालना ! (फोटो-कथा)

काठमाडौँ । कोरोना भाइरसको महामारीका बाबजुद धेरै देशमा अहिले लकडाउन खुकुलो बन्दै गएको छ । केही देशले भने विद्यालय नै खोल्न थालिसकेका छन् । बालबालिकाहरुमार्फत कोरोना भाइरस फैलने खतरा निकै कम रहेको भन्दै स्विजरल्यान्ड र नेदरल्यान्डस्ले प्राथमिक तहका विद्यार्थीहरुको पठन–पाठन सुरु गरेका छन् । स्पेन र दक्षिण अफ्रिकामा माध्यमिक तहकै पठन–पाठन सुरु भइसकेको छ ।
यता, सुरुमा कडा लकडाउन गरेको न्युजिल्यान्डले अहिले कोभिड–१९ महामारी जितिसकेको छ । यहाँ ११ सय ५४ जनामा संक्रमण देखिएकोमा ११ सय ३२ जना निको भए, २२ जनाले ज्यान गुमाए । तसर्थ, अहिले देशमा सक्रिय संक्रमित छैनन् । न्युजिल्यान्डले सोमबार देशमा कोरोना सक्रिय संक्रमित नरहेको भन्दै सबैखाले कडाइ खुकुलो गरेको थियो । त्यसयता, यहाँ विद्यालय पनि सञ्चालनमा छ ।
जापान र फ्रान्सले कोरोनाको प्रभाव नपरेका क्षेत्रमा विद्यालय खोलेका छन् र यहाँ स्थानीय सरकार तथा सम्बन्धि विद्यालयले कोरोना रोकथामका लागि विशेष उपाय अवलम्बन गरेका छन् । जर्मनीमा केही विद्यालयहरुले सामाजिक दूरीको पालना गर्दै अप्रिलको अन्त्यदेखि नै पठन–पाठन सुरु गरेका थिए । -एजेन्सी 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: