- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्टक ब्रोकरहरुद्वारा प्रदान गरिने मार्जिन लेन्डिङको सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशतसम्म पुर्याइने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले ब्रोकरबाट मार्जिन कर्जाको सीमा नेपाल राष्ट्र बैंकसरह ६५ प्रतिशत वा ७० प्रतिशतसम्म पुर्याउन सेबोनको बोर्ड छलफलमा पेस गरिएको जानकारी दिएका हुन्। उनले चाँडै नै यस विषयमा निर्णय लिइने पनि बताए।
हाल मार्जिन कारोबार सुविधासम्बन्धी कार्याविधि, २०७५ बमोजिम सेयर मार्जिनको सीमा ५० प्रतिशत रहेको छ। तर ब्रोकरबाट उपलब्ध यो मार्जिन लेन्डिङको सुविधामा लगानीकर्ताहरुले रुचि नदेखाएपछि नेप्सेले अध्ययन गरी धितोपत्र बोर्डलाई सीमा बढाउन सिफारिस गरेको थियो।
धितोपत्रको मार्जिन कारोबार एक किसिमको अल्पकालीन कर्जा हो। जुुन ब्रोकरले बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी ऋणस्वरुप व्यवस्था गराउन वा आफ्नो आन्तरिक स्रोत (कम्पनीको पूंजी तथा जगेडा कोष) वा अन्य स्रोतबाट उपलब्ध भएको रकमलाई प्रयोग गरी आफ्ना ग्राहकलाई सेयर खरिद गर्ने प्रयोजनका लागि ऋण उपलब्ध गराउन सक्छ। यसबाट धितोपत्र बजारका लागि पर्याप्त पूूजीको उपलब्धता भए थप तरलता सिर्जना हुने बताइन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्