काठमाडौँ । सेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ । सेयर कारोबार खुला भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार ओकालो लागेपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको छ । नेप्से परिसूचक १२ बजेर १७ मिनेटमा ५.०४ प्रतिशत अर्थात ५९.८७ अंकले बढेर १२४८.५७ विन्दुमा पुगेको छ ।
सो अवधिसम्ममा जम्मा १० वटा भन्दा धेरै कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।