- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकार माध्यमकि शिक्षा परीक्षा (एसईई) को नतिजा विद्यालयको आन्तरिक मुल्याङ्कनका आधारमा प्रकाशन गर्ने भएको छ । परीक्षा स्थगित भएका कारण विद्यार्थीको पढाइ र मनोविज्ञानमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै हरेक विद्यालयहरुले विद्यार्थीहरुको अन्तिम मूल्याङ्कन जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा पठाउने र त्यहाँबाट प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गरेको छ । बोर्डले आवश्यक कार्यविधि बनाएर नतिजा प्रकाशन गरी प्रमाणपत्र वितरण गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो ।
हेर्नुहोस् भिडियो :