×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरडीटी पोजेटिभ देखिएका एक पुरुषको अवस्था गम्भीर, सेती प्रादेशिक अस्पतालको आईसियुमा भर्ना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरडीटी पोजेटिभ देखिएका एक पुरुषको अवस्था गम्भीर, सेती प्रादेशिक अस्पतालको आईसियुमा भर्ना

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कैलालीमा आरडिटी पोजेटिभ देखिएका एक जना पुरुषको अवस्था गम्भीर रहेको छ । उनको अवस्था गम्भीर भएपछि आईसियुमा भर्ना गरिएको छ । आरडिटी पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका घोडाघोडी नगरपालिका १० का ४८ वर्षीय पुरुषको स्थिति गम्भीर बन्दै गएपछि उनलाई आईसियुमा भर्ना गरिएको हो ।
दम रोगले ग्रसित ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि आईसियुमा भर्ना गरेर उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनी स्वास्थ्यमा समस्या देखिएपछि बुधबार नै सेती अस्पताल पुगेका थिए । उनको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी