
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदुरपश्चिम प्रदेशमा थप १० जना जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप १० जना कोरोना संक्रमण पुष्टी भएसँगै सुदुरपश्चिम प्रदेशमा सक्रिय संक्रमित संख्या १३४ पुगेको छ।
मंगलबार संक्रमण पुष्टि भएका १० जनामध्ये कैलाली धनगढी उपमहानगरपालिका बस्ने वर्ष २८ का १ जना महिला र वर्ष २ को १ जना बालिका, कैलाली टिकापुर नगरपालिका बस्ने वर्ष २३, २४, ३६ र ४० वर्षका पुरुष, कैलाली मोहन्याल गाउँपालिका बस्ने वर्ष १७ को १ जना परुष रहेका छन् । त्यसैगरि कञ्चनपुर शुक्लाफाँटा नगरपालिका बस्ने वर्ष २५ को १ जना पुरुष, डडेल्धुरा नवदुर्गा गाउँपालिका बस्ने २२ को १ जना पुरुष र दार्चुला लेकम गाउपालिका बस्ने वर्ष २६ को १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार जिल्ला अस्पतालबाट १ जना संक्रमित निको भई घर फर्किएसंगै सुदुरपश्चिम प्रदेशमा निको हुनेको संख्या पनि १९ पुगेको छ भने हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्