
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भोलि (सोमबार) देखि सेयर बजार खुल्ने भएको छ । आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको हो । आज बसेको बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले जानकारी दिए । कुन मोडालिटीमा सेयर बजार सञ्चालन गर्ने निर्णय भने नेप्सेले गर्ने अध्यक्ष ढुङ्गानाले बताए ।
गत चैत्र ११ गतेबाट सेयर बजार बन्द अवस्थामा छ । तर लकडाउनकैबीच लगानीकर्ताले बजार खोल्नुपर्ने माग राखेपछि वैशाख ३० र ३१ गते २ दिनका लागि बजार खुलेको थियो । कारोबारको २ दिननै सेयर बजारमा भारी गिरावट आएपछि पुन: बन्द गरिएको थियो ।
यता असार ६ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले बजार खोल्ने विषयमा अध्ययन गर्न कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदनको आधारमा बोर्डले बजार खोल्ने निर्णय गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्