×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजार खोल्ने विषयमा आज सर्वोच्च अदालतमा बहस हुँदै, कस्तो आउला फैसला ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बन्द रहेको सेयर बजार खोल्नु पर्ने माग राख्दै अधिवक्ताद्वय रपिस पोख्रेल र हरिप्रसाद दाहालले सर्बोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायधीशहरू आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी चढेको उक्त मुद्दामा आज सुनुवाइ हुन भएको हो ।
अधिवक्ता पोखरेल र दाहालले जेठ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाइ गर्दै जेठ ३२ गते न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई बोलाएको थियो । उक्त आदेशमा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ दिन भनिएको थियो । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई विपक्षी बनाइएको थियो । लकडाउनकै बीच वैशाख ३० र ३१ गते सेयर बजार खुलेको थियो । तर पुन: बन्द गरिएको थियो । यता सेयर बजार खुलाउने विषयमा धितोपत्र बोर्डले अध्ययन समिति पनि गठन गरेको छ । नेप्सेले भने धितोपत्र बोर्डले आदेश नदिएसम्म बजार बन्द हुने जनाएको थियो ।
उक्त रिटमाथिको सुनुवाइ सकिए आज अन्तरिम आदेश आउने सक्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: