
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सर्वोच्च अदालतमा सेयर बजार खुलाउनु पर्ने माग राख्दै रिट दर्ता भएको छ । अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले दोस्रो बजारमार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार नियमित गर्न माग राख्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
ऐनमा ५ दिनभन्दा बढी बन्द गर्न नमिल्ने भनिएपछि करिब साढे दुई महिनादेखि कारोबार बन्द भएको भन्दै निवेदनमा अरु व्यवसाय र उद्योग खुल्दासमेत अनलाईनबाट सञ्चालन हुने सेयर कारोबार बन्द राख्नु उचित नभएको उनीहरुको दावी छ । सेयर कारोबार पूर्णरुपमा ‘डिजिटल’ भइसकेको र अनलाईन सिस्टमबाट हुने भन्दै निवेदनमा त्यसले कोरोना संक्रमणको जोखिम नपारे पनि अनेक बाहनामा लामो समय बन्द गरिनु नाजायज हुने निवेदनमा उल्लेख छ ।
हाल सेयर कारोबार असार ३२ गतेसम्मको लागि बन्द छ । उक्त म्याद पर्सि अर्थात् आइतबार सकिँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्