Skip to content
LAXMI SUNRISE BANK

अन्तत: धितोपत्र बोर्ड र लगानीकर्ताबीच भयो यस्तो सम्झौता, बजार कहिलै बन्द नहुने, लगानीकर्ताले आन्दोलन नगर्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेयर लगानीकर्ता संघका सदस्यहरुले आउँदा दिनमा सेयर बजार  बन्द नगर्ने सहमती जनाएका छन् । शुक्रबार धितोपत्र बोर्डमा पुगेर सेयर बजार  बन्द नगर्ने र आन्दोलनमा पनि नउत्रिने निर्णयमा सहमति जनाउदै  संघका सदस्यहले रुसहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।
उनीहरुले जारी गरेको पत्रमा ‘अब उप्रान्त कुनै पनि बाहनामा धितोपत्रको दोस्रो बजार बन्द नगर्ने व्यवस्था मिलाउन सबै लगानीकताहरूले प्रतिवद्धता जाहेर गर्दै बोर्डले यस अवधिमा भए गरेका प्रतिहरुलाई जानकारी गराउँदै सकेसम्म चाँडो दोस्रो बजार खुला गर्नसमेत अनुरोध गर्ने निर्णय भयो’ उल्लेख छ । 
बोर्डका अधिकारी र लगानीकर्ताका संगठनबीच भएको छलफलमा दोस्रो बजार कहिलेबाट खोल्ने भन्ने ठोस निर्णय हुन सकेको छैन । लगानीकर्ताले आइतबारबाटै बजार खोल्नु पर्ने माग राखेपनि त्यसलाई बोर्डले त्यसलाई अस्विकार गरेको छ । तर बोर्डले चाँडै दोस्रो बजार खोल्ने जनाएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK