×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आन्तरिक पूँजी परिचालनका लागि सेयर बजार महत्वपूर्ण माध्यम हो’ : अर्थमन्त्री खतिवडा

PRIME CA
GLOBAL IME BANK

‘आन्तरिक पूँजी परिचालनका लागि सेयर बजार महत्वपूर्ण माध्यम हो’ : अर्थमन्त्री खतिवडा

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं ।  अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक पूँजी परिचालन गरी दीर्घकालीन लगानी विस्तार गर्न पुँजी बजार निकै महत्वपूर्ण रहेको भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २८औं वार्षिकोत्सव कार्यक्रममा आयोजित वेविनार कार्यक्रममा उनले यस्तो  बताएका हुन् । साथै अर्थमन्त्री खतिवडाले ऋणपत्रको दोस्रो बजार विकास गर्नुपर्ने अवस्था रहेको र ऋणपत्र बजार र कमोडिटी बजार दुवैको विस्तार गर्नुपर्ने बताए ।
यस्तै उनले आयोजित वेविनार कार्यक्रम मार्फत कृषि उत्पादन तथा औद्योगिक उत्पादनको विनिमयका लागि वस्तु बजार निकै उपयोगी हुने पनि बताए । क्रेडिट रेटिङलाई पनि अझै व्यवस्थित र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिंदै अर्थमन्त्री खतिवडाले सेयर बजार खोल्नुअघि सबै तयारी गर्न पनि धितोपत्र बोर्डलाई निर्देशन दिए।  
सातै उनले नयाँ र साना लगानीकर्ताका लागि म्युचुअल फन्ड निकै राम्रो उपकरण भएकाले धितोपत्र बोर्डले यसलाई अझै प्रभावकारी ढंगले बढाउन पनि निर्देशन दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: