×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जो अगुवा, उही बाटो…’ : बजारलाई अपरेट गर्ने नेप्सेले नै ‘बजार घट्ने डर’ले नियम मिचेर सेयर बजारलाई बन्धक बनायो… !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘जो अगुवा, उही बाटो…’ : बजारलाई अपरेट गर्ने नेप्सेले नै ‘बजार घट्ने डर’ले नियम मिचेर सेयर बजारलाई बन्धक बनायो… !

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से सेयर बजारको अपरेटर हो । तर जो अगुवा, उही बाटो केजाति भनेजस्तो नेप्सेकै नेतृत्वमा नेपालको सेयर बजारलाई बन्धक बनाइएको छ । प्रचलित नियमविपरित सेयर बजार अनिश्चितकालका लागि बन्द गरेर नेप्सेले यस्तो तमासा देखाएको हो ।
नेप्सेले धितोपत्र सूचिकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ मा ‘कारोबार प्रणालीको संचालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ ‘ उल्लेख छ । अर्थात सेयर बजार निश्चित समय तोकेरमात्र स्थगन गर्न पाइन्छ । तर प्रचलित नियमको धज्जी उडाएर नेप्सेले गलत निर्णय गरेको छ । यता सेयर बजार बन्द गर्न नहुने भन्दै सर्वोच्चमा रिट परेको छ र अदालतले सबै पक्षलाई छलफलमा बोलाएको छ ।
तर नेप्सेले भने बजार घट्छ र अपजश पाइन्छ भनेर बजार नै बन्द गरिदिने सजिलो तर गलत निर्णय गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी