
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कारोबारमा विद्युतीय प्रणालीमार्फत हुने भुक्तानीको सीमा हटाएको छ । राष्ट्र बैंकले एक सर्कुरल जारी गर्दै सेयर कारोबारमा विद्युतीय प्रणालीमार्फत हुने भुक्तानीको सीमा हटाएको जानकारी दिएको हो । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै धितोपत्र कारोबार गर्दा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गरिने कारोबारको यसअघि कायम दैनिक तथा मासिक सीमा हटाएको हो ।
मोबाइल बैंकिङमार्फत प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लााख रुपैयाँसम्म मात्र कारोबार गर्न मिल्ने गरी सीमा तोकिएको थियो । यस्तै इन्टरनेट बैंकिङमार्फत प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था थियो । राष्ट्र बैंकले सो सीमा हटाएको हो ।
यसअघि लगानीकर्ता अन्य सरोकारवालाहरुले सेयर कारोबारमा विद्युतीय प्रणालीमार्फत कायम सीमा हटाउन माग गर्दै आएका थिए । उनीहरुको मागलाई नेपाल राष्ट्र बैंकले कोरोना कहरकाबीच अहिले सम्बोधन गरेको हो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्