×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्समा ७७ जिल्लाकै ५७ हजार बढीले गराए कोरोना बीमा, ३ करोड १६ लाख बीमाशुल्क संकलन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

शिखर इन्स्योरेन्समा ७७ जिल्लाकै ५७ हजार बढीले गराए कोरोना बीमा, ३ करोड १६ लाख बीमाशुल्क संकलन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिखर इन्स्योरेन्समा ५७ हजार भन्दा बढी मानिसहरुले कोरोना बीमा गरेका छन् । शिखरका ९० भन्दा बढी शाखाहरुबाट ७७ वटै जिल्लाका मानिसहरुले उक्त बीमा गरेका हुन् । कम्पनीबाट जुम्ला, मुगु, कालिकोट, हुम्ला, बझाङ, दैलेख जस्ता विकट जिल्लाबाट समेत २ हजार भन्दा बढिले कोरोना भाइरस बीमा गराएका छन् ।
साथै शिखर इन्स्योरेन्स ३ करोड भन्दा बढीको कोभिड १९ बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । शिखर इन्स्योरेन्सले जेठ १९ गते सम्म ६ हजार बीमालेखबाट ३ करोड १६ लाखको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: