- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ११ औँ वार्षिक साधारणसभा बोलाउन सभाको मिति र स्थान तय गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले असार २२ गते शुक्रबार रुपन्देहीको बुटवलस्थित एसियन भिलेज रिसोर्ट प्रालिमा आयोजना गर्ने निर्णय गरेको हो । साथै सभाका लागि बैंकले असार १ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ।
सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्तिपश्चात कायम आर्थिक वर्ष २०७५/७६ सम्मको कुल सञ्चित मुनाफाबाट चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३४ लाख ३५ हजार ६१८.५९ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछ।
यसैगरी सभामा साविकको पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गर्नुपूर्वको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५७.२२ प्रतिशत र सर्वसाधारण समूहको ४२.७८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ। सोहीबमोजिम सेयर स्वामित्व संरचना पनि परिवर्तन गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्