×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्रीलंका र मालदिभ्सबाट १५४ जना नेपालीको उद्दार गरिँदै, आजै हिमालय एयरको विमानमा काठमाडौं आइपुग्ने !

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले आज (मंगलबार) श्रीलंका र मालदिभ्समा अलपत्र परेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ । सरकारले श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिकलाई उद्दार गर्न लागेको हो । 
उनीहरु आज हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२ नम्बरको फ्लाइटमार्फ़त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्दैछन् । उनीहरु उत्रिएपछि काठमाडौं अवतरण गरेपछि उपत्यकाका विभिन्न ठाउँमा रहेका होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राखिने कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) जनाएको छ । सेन्टरमा विस्तृत विवरण संकलन गरेर प्रदेशको क्वारेन्टिनमा पठाइनेछ । 
क्वारेन्टिनमा १४ दिन बसाएर उनीहरुलाई घर पठाइनेछ । पीसीआर नेगेटिभ भएका व्यक्तिको हकमा भने होम क्वारेन्टिनमा पठाउने गरी व्यवस्था मिलाइएको छ । पछिल्लो समय सरकारले विभिन्न देशबात नेपालीहरुको उद्दार गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: