×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुत्केरीमा कोरोना देखिएपछि गुल्मीका ३ गाउँ सिल !

PRIME CA

सुत्केरीमा कोरोना देखिएपछि गुल्मीका ३ गाउँ सिल !

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

गुल्मी

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । गुल्मीमा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नं. ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ ।
गुल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबारै सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन आह्वान गरेका छन् । 
साथै, कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा सुत्केरीको सम्पर्कमा आएका व्यक्तिहरुको र परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिने छ  । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिवार मात्रै गुल्मीको रेसुङ्गा नगरपालिकामा १८ जना, गुल्मी दरबार गाउँपालिकामा १ जना र छत्रकोट गाउँपालिकामा १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मी जिल्लामा हाल कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट एक हजार २६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा चार सय २९ जनाको रिपोर्ट आउन बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: