
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिमकार्ड लिनेहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ नियम ल्याएको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो । प्राधिकरणले नयाँ सिमकार्ड लिन आफ्नो सक्कली परिचयपत्र लिएर सम्बन्धित ग्राहक आफैं उपस्थित हुनपर्ने निर्देशन जारी गरेको छ । मोबाइल सेवा प्रदायकहरुलाई सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउन भनेको छ ।
यस्तै मोवाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक बिक्रेताहरु मार्फत सिमकार्ड विक्री वितरण गरिरहँदा कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले यस्तो निर्देशन जारी गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्