×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकले दु:ख दिएपछि ग्राहकको गिती आक्रोश – ‘बैंकका हाकिम कुर्सीमा सरर, ग्राहक भने पसिना तरर… हाम्रो नेपालमा…’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ असार २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

बैंकले दु:ख दिएपछि ग्राहकको गिती आक्रोश – ‘बैंकका हाकिम कुर्सीमा सरर, ग्राहक भने पसिना तरर… हाम्रो नेपालमा…’

  • सौगात रायमाझी / अर्थ सरोकार डटकम 
सिन्धुली । एउटा प्रशिद्ध गीत छ, ‘कोहि त भने हजाजमा हरर, कोहिको भने पसिना तरर, हाम्रो नेपालमा ‘ ठिक यहि गीतलाई राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले परिस्थितिअनुसार ‘रिमेक’ गरेका छन् – ‘बैंकका हाकिम कुर्सीमा सरर, ग्राहक भने पसिनाले तररर, हाम्रो नेपालमा…’ कोरोना भाइरस (कोभिड–१९) का कारण सिन्धुलीमा सबैभन्दा सास्ती व्यहोर्नुपर्ने ग्राहक व्यहोर्नुपरेको छ राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले । जिल्ला प्रशासनले लकडाउन गर्दा होस् वा लकडाउन खुकुलो पार्दा, ग्राहकलाई उत्तिकै सास्ती भइरहेको छ । जसका कारण ग्राहकहरु मारमा परेका छन्। 
राष्ट्रिय वाणिज्य बैंकको कामले आएको जोकोहिले पनि एक देखि दुई घण्टाको समय बैंककै लागि निकाल्नुपर्ने स्थिति छ । क्यू व्यवस्थापनमा देखिएको कमजोरीका कारण ग्राहकहरु घण्टौँसम्म लाईनमा ग्राहक बस्न बाध्य छन् । बैंक बाहिर गर्मिमा टटिएर बस्नुपर्ने बाध्यतासँगै कोरोनाको त्रास पनि उस्तै छ । ‘बाहिर त गर्मी छ नै छ, भित्र पनि बैंकले एसी चलाउँदैन । गर्मिले असिनपसिन भएका ग्राहकसँग फ्यानको मुनि सित्तलमा बसेर काम गर्ने बैंक कर्मचारीहरुले रुखो व्यवहार गर्छन् । कर्मचारीहरुले ग्राहकसँग सहि परामर्श नदिएको र गल्ति भएमा उल्टै हप्काउने गरेका छन् ।’ बाणिज्य बैंकका कर्मचारीहरुलाई गाली गर्दै निस्किएका एक ग्राहकले गुनासो गरे ।  
न एटिएम चल्छ, न बैंकभित्रको एसी ! उल्टै बैंकको हप्कीदप्की बेसी !
बैंकको कामले आधि घण्टादेखि लाइनमा बसिरहेका कमलामाई नगरपालिका ६ का राम थापाले पसिना देखाउँदै बैंककोव्यवस्थापनप्रति आक्रोश पोखेको पहिलो पटक होइन । तर राष्ट्रिय वाणिज्य बैंक कहिले सुध्रिएन । ‘आधि घण्टादेखि उभिएर लाईनमा बसेको छु, अझै पालो आएको छैन । टोकन सिष्टम ल्याउन प्रबन्धकले पहल गर्नुपर्ने हो, तर वास्तै छैन । हुन त भएको एसि त प्रयोगमा ल्याएका छैनन्, टोकन के ल्याउलान् ? सकेसम्म यो बैंकमा अव कारोबार गरिन्न ।’ उनले भने ।  यस्तै पीडा छ, कनपा–५ कि सिता तामाङको पनि । राष्ट्रिय वाणिज्य बैंकमा ग्राहकप्रति गरिने व्यवहार र ढिलासुस्तीले आफु आजित भएको उनको दुखेसो छ ।  ‘उभिएर बस्दाबस्दा पसिनाले भिजेको छु । रसिद भर्दा अलिकति गल्ति भयो भने पनि कर्मचारीहरु रिसाएर बोल्छन् । ग्राहकसँग कस्ले यस्तो व्यवहार गर्छ ? सेवा दिने ठाउँमा सर्वसाधरणलाई हैरान बनाएका छन् ।’ उनले पीडा पोखे । यता बैंकको एटिएम पनि चल्दैन । समस्या आएको भन्दै एटिएम मेशिनमा ताला लगाएर राखिएको छ ।  
फोनसमेत उठ्दैन बैंकको !
हामीले यस विषयमा बुझ्न राष्ट्रिय बाणिज्य बैंकका सिन्धुली शाखाका प्रतिनिधिलाई  फोन गरेका थियौं ।  तर उनी सम्पर्कमै आएनन् । ग्राहकहरुले पनि त्यहाँका मेनेजरले केहि दुख पर्दा उल्टै हप्कीधप्की लगाउने गरेको गुनासो पोखेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: