
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिंगापुरमा आजबाट लकडाउन खुलेको छ । सिंगापुर सरकारले आजबाट लकडाउन खोल्ने निर्णय गरेको हो । लकडाउन खोल्ने निर्णय भएसँगै आजबाट विद्यार्थीहरु स्कुल जान पाउनेछन् । यस्तै उद्योग तथा निर्माण क्षेत्रलाई पनि केही सर्त राखेर खुला गर्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।
कोरोना भाइरस महामारीको प्रारम्भिक चरणमा त्यहाँको सरकार महामारी रोक्न सफल भएको थियो । तर अप्रीलमा पुन: कोरोनाले महामारीको रुप लिएपछि सरकारले लकडाउनमा कडाइ गरेको थियो । हालसम्म सिगापुरमा २४ जनाको मृत्यु भएको छ भने ३५ हजार २९२ कोरोना संक्रमित फेला परेका छन् । जसमा २२ हजार ४ सय ६६ निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्