×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिराहामा थप ६ जनाले जिते कोरोना, गेनाई अस्थायी कोरोना अस्पतालबाट डिस्चार्ज !

PRIME CA

सिराहामा थप ६ जनाले जिते कोरोना, गेनाई अस्थायी कोरोना अस्पतालबाट डिस्चार्ज !

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सिराहा । सिराहाको गेनाई अस्थायी कोरोना अस्पतालबाट ६ जना निको भएर डिस्चार्ज  भएका छन् । आइसोलेसन इन्चार्ज डा. सुभाषचन्द्र मण्डलका अनुसार सिराहाको लहान नगरपालिकाका चारजना, धनगढीमाई नगरपालिका र कल्याणपुर नगरपालिकाका १/१ जना निको भएर घर फर्किएका हुन् । उनीहरू भारतको विभिन्न ठाउँबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । 
यसअघि पनि सोही अस्पतालको आइसोलेसनबाट २० जना निको भएर घर फर्किसकेका छन् । अहिले जिल्ला अस्पताल सिराहा र महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा ५३ जना संक्रमित उपचारत छन् । हालसम्म देशभर १ हजार ४१ जना निको भएका छन् । संक्रमितको संख्या भने ६ हजार २११ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: