×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहाका पसल अघोषितरुपमा खुलेपछि चहलपहल बढ्यो, थप जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित !

PRIME CA

सिरहाका पसल अघोषितरुपमा खुलेपछि चहलपहल बढ्यो, थप जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित !

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

सिरहा । सिरहाको विभिन्न शहरका पसल अघोषितरुपमा खुला हुन थालेका छन् । लकडाउन जारी रहँदा व्यवसायीले अघोषितरूपमा पसल सञ्चालन गर्न थालेका हुन् । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा लहानले आलोपालो पसल खोल्न पहल गरेपछि व्यवसायीले पसल अघोषितरूपमा खोल्न थालेको स्थानीय व्यापारीले बताएका छन् । लहान, गोलबजार, धनगढीलगायतका बजारमा किराना पसलसँगै कपडा, सुनचाँदी तथा कस्मेटिकलगायतका पसल खुलेपछि चहलपहल बढ्न थालेका छन् ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला बजार, पसल खुल्न थालेपछि थप जोखिम बढेको स्थानीयवासी बताउँछन् । लहान नगरपालिकाभित्र मात्रै आठ कोरोना सङ्क्रमित भेटिएको र जिल्लाभरि अझ बढ्ने क्रममा रहेका बेला बजार पसल खुल्नुले त्रास बढेको लहान नगरपालिका–४ का सन्तोष गुप्ताले बताउनुभयो ।
“बजारमा पसल खुलेपछि भीडभाड बढन थालेको छ”, उहाँले भन्नुभयो, “बजार खुलेपछि जति गरे पनि सामजिक दूरीको पालना हुँदैन र जोखिम बढ्ने निश्चित छ ।” तरकारी बजार, माछा मासुलगायतका पसलमा भीडभाड बढ्न थालेकाले सचेतना अपनाउनुपर्ने उहाँको भनाइ छ । पसल खुल्न थालेपछि भीडभाड बढे ठूलो जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाएर व्यापार गर्न लहान नगरपालिकाका प्रमुख मुनी साहले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले उद्योगीले प्रशासनसँग कुनै अनुमति नलिइ अघोषितरुपमा पसल खुला गरेको हुँदा भीडभाड भए कुनै बेला बन्द गराउने बताउनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: