
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा पहिलो रेमिटेन्स सिष्टमको विकास गरी नेपालमा रकम ट्रान्सफर प्रक्रियालाई सहजीकरण गरेको ईन्फीकेयर कम्पनीले सेवा दिंदै आएको रेमिटेन्स/AML सेवा लोकप्रिय बन्दै गएको छ । ईन्फीकेयरले नेपाल, मलेशिया र अमेरिकाबाट ९० भन्दा बढी कर्मचारीहरु परिचालन गरी विश्वका १४ वटा देशमा आफना सेवाहरु उपलब्ध गराउँदै आएको छ । सन् २००५ मा आई.टी. विशेषज्ञहरुको टीमद्धारा स्थापना गरिएको सफ्टवेयर कम्पनीको सेवा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले लिंदै आएका छन् ।
ईन्फीकेयरले वित्तिय संस्थाहरुलाई कसरी सहयोग गर्न सक्छ ?
कोभिड–१९ को प्रकोपल नेपालका वित्तिय संस्थाहरुलाई आफ्ना दैनिक कार्यशैलिमा पुनर्विचार गर्न बाध्य पारेको छ । वित्तिय संस्थाहरुका लागि आन्तरीक व्यवस्थापनलाई पूर्णरुपले डिजिटलमा रुपान्तरण गर्नका लागी एक वेकअप कलको रुपमा लिन सकिन्छ। वित्तिय संस्थाहरुले आफना ग्राहकहरुलाई विभिन्न डिजिटल माध्यबाट सूविधाहरु दिएता पनि आन्तरिक अपरेशनका धेरै प्रक्रियाहरु अझैपनि डिजिटल वा अटोमेशनमा नभई व्यक्ति, ईमेल र कागजमा निर्भर छन् ।

Workflow (कार्यप्रवाह) धेरै जटिल प्रक्रिया हो भने वित्तिय संस्थाहरुमा विभिन्न प्रकारका कार्यप्रवाह आवश्यक पर्दछ र त्यस किसिमका कार्यहरुलाई म्यानूयल विधिमा कागजात अवलोकन गर्न र निर्णय वा अनुमोदनका लागी पठाउन निकै समय लाग्ने गर्दछ। SmartDoc एउटा All-in-One, Back Office Automation सिष्टम हो। यस सिष्टमलाई ३ भाग- Control, Business र Support मा विभाजन गरिएका छन। यस SmartDoc प्रणालीमा डिपार्टमेण्टहरु बाट गरिने दैनिक कार्यलाई अनुकुलन र नियन्त्रण गर्न ६० वटा भन्दा बढी Workflow र अन्य अटोमेशन मोडूयल्सहरु प्रभावकारी रुपमा संचालन गर्न सकिन्छ । Workflow मा विभागीय पहुँचको नियन्त्रणमा रही समीक्षाका लागी बहु–कर्मचारीहरुलाई सूचित श्रृंखलामा अनुमोदन लागी समावेश गरी तोकिएको सुपरभाईजरबाट निर्णय गर्न सकिन्छ । डिजिटाईजेशन को मद्दतले मानव त्रुतिमा मात्र नभई दैनिक कार्य ७० प्रतिशत सम्म कार्यभार कमी गर्न सकिन्छ भने डकुमेण्ट प्रोसेसको लाग्ने समय र लागतमा पनि कमी गर्दछ।

Centralized System भएकाले Real-Time मा सामुहिक रुपमा पनि समिक्षा गर्न सकिने भएकाले संस्थाका नियमहरुको कार्यान्वयनलाई सरल गर्दछ र अनावश्यक जोखिम बाट बच्न सहयोग पुग्नेछ । उदाहरणका लागी, ऋण प्रदान गर्नका लागी आवश्यक पर्ने Credit Origination, Credit Approval Workflow, Legal Vetting, Risk Analysis, Balance Sheet Analysis का साथै नेपाली लिपिमा Offer letter, Loan Deed, Mortgage Deed, Promissory Note र अन्य आवश्यक डकुमेण्टहरु प्रिन्ट गर्न सकिन्छ। यस प्रणालीमा स्क्यान गरीएका कागजपत्रहरुलाई सुरक्षितरुपमा राखिनेहुनाले भैपरी आउने प्रकोपबाट कागजपत्रहरु मासिने, हराउने जस्ता जोखिम पनि रहदैंन।

नेपाल सर्टिफाईङ्ग कम्पनीको सहकार्यमा विद्युतिय हस्ताक्षरको सुविधा सहितको नेपालकै पहिलो र एक मात्र बिजनेस अटोमेशन सिष्टम पनि हो । हाल नेपालमा अधिकांश वित्तिय संस्थाहरु डिजिटल रुपान्तरण यात्राको विभिन्न चरणहरुमा छन् भने यस SmartDoc सिष्टमलाई नेपालका धेरै वित्तिय संस्थाहरुमा सफलताका साथ केही वर्ष देखी संचालनमा गरिरहेका छन जसमा, मेगा बैंक, प्रभु बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् भने अन्य ४ वटा वित्तिय संस्थामा २०७७ श्रावण बाट लाइभ जाँदैछन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्