×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोलुखुम्बुका पहिलो कोरोना सङ्क्रमित निको भए, खुसी हुँदै घर फर्किए !

PRIME CA
GLOBAL IME BANK

सोलुखुम्बुका पहिलो कोरोना सङ्क्रमित निको भए, खुसी हुँदै घर फर्किए !

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

सोलुखुम्बु
काठमाडौँ । सोलुखुम्बुका एक मात्र कोरोना सङ्क्रमित युवा निको भएर घर फर्किएका छन् । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवा निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए ।
करिब १४ दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यद्यपि उनलाई केही दिन भने होम क्वारेन्टिनमा नै राखिने छ । गत जेठ १५ गते सङ्क्रमण पुष्टि भएर उपचारका लागि विराटनगर लगिएको थियो । उनीसँगको सम्पर्कमा रहेका घरपरिवार, स्वास्थ्यकर्मीसहित ५० जनाको पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । – रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: