Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थनगर नगरपालिकाका वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, यस्तो छ आरोप !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ । आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको  हो। 
आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले नेपाल सरकारलाई प्राप्त हुने रु दुई लाख ७१ हजार ४२६ बराबरको भ्रष्टाचार गरेको जनाएको छ । आयोगले वडा सचिव शिवनारायण मुखियाविरुद्ध रु दुई लाख ७१ हजार ४२६, जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव रु एक लाख ५४ हजार १८८, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध रु एक लाख १७ हजार २२८ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK