×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुदूरपश्चिम प्रदेशमा ठुलो संख्यामा थपिए संक्रमित !

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेश थप ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टी भएको हो । नयाँ संक्रमितहरुमा कैलालीका २९ जना र डोटीका ६९ जना रहेका छन् ।
यस्तै डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जना  छन्। जसमा ६ महिला र ३९ पुरुष रहेका छन् । यस्तै आर्दश गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिह गाउँपालिका दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला र २ पुरुष गरी ३ जना रहेका छन् । धनगढी उपमहानगरपालिकाका ५ महिला र ५ पुरुष गरी १० जना, कैलाली गाउँपालिकाका ४ महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका २ महिला र ५ पुरुष गरी ७ जनामा कोरोना पुष्टी भएको छ । 
आज थपिएकासंगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार दुई सय १२ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: