×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीका कोरोना संक्रमित युवा दोस्रो दिनमै सिँचाई योजनामा व्यस्थ भए, गाउँ नै संक्रमणको उच्च जोखिममा !

PRIME CA

बैतडीका कोरोना संक्रमित युवा दोस्रो दिनमै सिँचाई योजनामा व्यस्थ भए, गाउँ नै संक्रमणको उच्च जोखिममा !

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरकोर सुदूरपश्चिम ब्युरो 
धनगढी । बैतडीका कोरोना संक्रमित युवाहरु संक्रमण पुष्टी भएकै दोस्रो दिन सिँचाइ योजनाको काममा व्यस्थ देखिएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्वर ४ का २ जना पुरुष असार १ गते कोरोना पुष्टि भएसँगै सिँचाई योजनाको काममा गएका हुन् ।
कोरोना पुष्टि भएका २ जना पुरुष उक्त योजनाको काम गर्न गएको शिवनाथ गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष लक्ष्मण महताले बताएका छन् । बैतडीका २२ जना कोरोना निको नहुँदै घर गएकोमा शिवनाथ गाउपालिकामा मात्रै २१ जना रहेका छन् । 
४ जना सेती प्रादेशिक अस्पतालले कोरोनाको कुनै लक्षण नभएको भन्दै डिस्चार्ज गरेको थियो भने १७ जना असार १ गते पुष्टि भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: