- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेश थप आठ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधवार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसंगै सुदूरपश्चिम प्रदेशमा निको भई डिस्चार्ज भएका व्यक्तिबाहेक कोरोनाभाइरसबाट सक्रिय संक्रमितको संख्या ७२ पुगेको हो।
जिल्ला अस्पताल बैतडीमा उपचार गराइरहेका १ जना निको भइ डिस्चार्ज भएपछि निको हुनेको संख्या ७ जना पुगेको छ भने बाँकी ७२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
बुधवार गएिको परिक्षणमा धनगढी उप–महानगरपालिका ५१ वर्षका १ जना पुरुष, गौरीगंगा नगरपालिका बस्ने २० र २५ का २ जना पुरुष, डोटी जिल्ला पुर्वीचौकी गाउपालिका बस्ने वर्ष २२, २२, २५, २७ का ४ जना पुरुष र बर्ष ४५ का १ महिला गरी ८ जनामा संक्रमित पुष्टी भएको थियो ।
सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखाका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार १८८ जनाको थ्रोट स्वाव नमुना जाच गर्दासम्म ७९ जनामा पोजेटिभ देखिएको थियो । ७ जना निको भइ घर गईसकेपछि बाँकी ७२ जना संक्रमित उपचाररत रहेको छ
अझै संकलन गरिएको १०८६ जनाको थ्रोट स्वाबको नतिजा आउन बाँकी रहेको उनले बताए । कोभिड १९ को आशंकामा प्रदेशका विभिन्न अस्पतालको आइृसोलेसनमा रही ७६ जना उपचारमा छन् भने २४४ जना सामान्य उपचार पछि निको भइ घर गइसकेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्