×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै २६ जना कोरोना संक्रमित ‘डिस्चार्ज’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै २६ जना कोरोना संक्रमित ‘डिस्चार्ज’

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डोटी
  • अर्थ सरोकार सम्बाददाता 
डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रबाट २६ जना संक्रमितलाई ‘डिस्चार्ज’ गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै संक्रमितलाई डिस्चार्ज गरिएको हो ।
सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन् । यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि आइतबारै डिस्चार्ज गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी