- अर्थ सरोकार सम्बाददाता
धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिममा आज मात्रै २७२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका ८५ जना, कैलालीमा ४८ जना, डोटीमा ४८ जना, अछामका १० जना, बाजुराका ७ जना, र बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
साथै विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट अछामका १४ जनामा कोरोना पुष्टि भएको छ । यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १५४९ पुगेको छ ।