
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण फेला परेको छ। सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको जानकारी अनुसार योसँगै कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या ७०८ पुगेको छ।
प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा भएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये २५ जना दैलेखका रहेका छन्। त्यस्तै सुर्खेतका ९ र जाजरकोटका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ।
पछिल्लो तथ्यांक अनुसार पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २९ पुगेको छ। कर्णालीमा तीन जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्