×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टी !

Artha Sarokar

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टी भएको छ । शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो ।
 
श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए ।  शिशुमा आज बिहान कोरोना संक्रमण पुष्टी भएको हो । सोमबार मात्र ललितपुरमा अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी