
- सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सरकारको काम र गतिविधिका विषयमा जनताले गर्दै आएको विरोध वास्तवमा विरोध नभएर सरकारप्रतिको फरक खालको माया भएको सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ्गले बताउनुभयो । कोरोना माहामारीका बीच सरकारको चर्को आलोचना भईरहेका बेला उहाँले यसो भन्नुभएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा गर्नुपर्ने विशेष तयारीमा सरकार केही हदसम्म चुकेको स्विकार गर्दै तामाङ्गले पुर्णतया सरकार असफल भने नबनेको बताउनुभयो ।”काम गर्दा केही गल्ती र कमिकमजोरी अवस्य हुन्छ, सरकारले गरेको सय राम्रा कामलाई बिर्सिने अनि एउटा सानो कुरालाई लिएर हंगामा मच्चाउने मुर्खता हो”, तामाङ्ले भन्नुभयो ।
“बर्तमान सरकार पुर्ण रुपमा सफल भएको छ । फुल रोप्न बित्तिकै फुल्दैन” तामाङ्गले भन्नुभयो, “कोरोना नियन्त्रण तथा रोकथामका लागि हामी लागी परेका छौँ । सबै स्थानिय पालिकाहरुले पनि साथ दिनुभएको छ र यति गर्दा गर्दैपनि विरोध हुन्छ भने धर्मै निभाएको मानौला । कोरोना महामारी सबैको साझा हो यसलाई सत्तापक्ष र प्रतिपक्षबीचको विरोध र विवादमा तुलना गर्नु अमानविय सावित हुन्छ । कोरोना रोकथामका लागि हामी सबै एकजुट भएर लाग्नुपर्छ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्