×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले होटल खोल्न नदिएपछि होटलमै तरकारी बेच्न थालियो, कपडा पसल बन्यो ‘तरकारी दोकान’ ! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारले होटल खोल्न नदिएपछि होटलमै तरकारी बेच्न थालियो, कपडा पसल बन्यो ‘तरकारी दोकान’ ! (फोटो-कथा)

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना प्रकोपका कारण सरकारले होटल, रेष्टुरेन्ट बन्द गरेपछि व्यवसायीहरु त्यहि होटल अगाडी तरकारी पसल थाप्न थालेका छन् । लामो समयदेखि भएको लकडाउनका कारण व्यवसाय चौपट हुँदा व्यवसायीहरुले यस्तो काम गरेका हुन् । उदाहरणका लागि यो तलको तस्विर । कुनै बेला लुम्बिनी तन्दुरी भोजनालय अर्थात खाना-खाजा बेच्ने ठाउँ अहिले तरकारी बेच्ने ठाउँ भएको छ । होटलमात्र होइन कोटेश्वरका थुप्रै कपडा पसलहरुलाई पनि तरकारी पसल बनाइएको छ ।
के गर्नु बाँच्नु त पर्यो : व्यवसायी 
यस्तो अवस्था सरकारको नीतिले भोको बनाएको पेटले ल्याएको व्यवसायीहरुको भनाइ छ । ‘घरभेटीलाई भाडा तिर्नै पर्यो, परिवार पाल्नै पर्यो । के गर्ने ? जानेको काम यहि सानोतिनो व्यापार हो ।’ काठमाडौँका एक तरकारी व्यापारी (पूर्व-होटल व्यवसायी) भन्छन्, अहिले नाफा भन्दापनि टिक्ने समय हो, र यो टिक्ने आइडिया हो। ‘ हेर्नुहोस् काठमाडौँको तिनकुनेमा तरकारी पसल बनेको पूर्व होटल फोटो फिचरमा 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी