×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तातोपानी नाका भएर भित्रिने मालवाहक सवारीसाधन अलपत्र, यस्तो छ कारण

LAXMI SUNRISE BANK

तातोपानी नाका भएर भित्रिने मालवाहक सवारीसाधन अलपत्र, यस्तो छ कारण

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

सिन्दुपाल्चोक ।  तातोपानी भएर भित्रिने मालवाहक सवारीसाधन अलपत्र परेका छन् । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि उक्त नाका भएर नेपाल भित्रिने मालवाहक सवारीसाधन अलपत्र परेका हुन् ।तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् ।
चीनबाट आएका उक्त मालवाहक सवारीसाधनमा स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । कोरोनाको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो ।
तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी