×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘माहामारीका बेला करका लागि ताकेता गर्नु सरकारको गैरजिम्मेवारपन हो’ : नेपाली काँग्रेस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘माहामारीका बेला करका लागि ताकेता गर्नु सरकारको गैरजिम्मेवारपन हो’ : नेपाली काँग्रेस

Artha Sarokar

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ ।
पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्तिमा स्मरण  गराए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी